Thursday, August 4, 2016

४२ रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू




कुनै समय थियो । महिलाहरु महिनावारी नहुँदै विवाह गर्थे । कन्या कुमारीले आफूभन्दा झण्डै ५० र ६० वर्ष जेठो मानिसलाई पतीदेव मान्नु पर्दथ्यो । त्यसैले उनिहरु ३०\३५ वर्षकै उमेरमा विधवा बन्नु पर्दथ्यो ।
लाम लाम र खाम खामको कलकलाउदो उमेरमा उनिहरु सतीप्रथालाई स्विकारर्दै बलिरहेकाे आगोमा जिउँदै जल्नु पर्दथ्यो ।  सती प्रथा आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा हो ।
बि सं १९१० मा जंगबहादुर राणाले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरी यसमा केही हदसम्म कमी ल्याउन सघाएका थिए । तर उनको मृत्यु हुँदा उनका ४२ रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन् ।
जंगबहादुर राणाले १६ बर्षभन्दा मुनीका बिधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सती जानमा रोक लगाएका थिए ।
यद्यपि बि सं १९७७ सालमा चन्द्र शमशेरले यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सतीप्रथा अन्त्यका लागि नायक मान्न सकिन्छ । सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन् ।
सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ असल पत्नी हुन्छ । सती–प्रथा विवाहित लोग्ने मरेपछि जिउँदी स्वास्नीलाई लोग्नेको लाससँगै जलाउने वा जल्न दिने आततायी प्रथा हो ।  नेपालमा हजारौं वर्षसम्म चलेको सती–प्रथाको अन्त्य भएको झण्डै शताव्दी पुग्न लाग्यो।
सती–प्रथा नेपालमा  कहिलेदेखि चल्दै आएको हो, यकिन छैन । त्यो क्रूर प्रथा प्राचीनकालदेखि नै प्रचलित थियो । वैदिककालदेखि चल्दै आएको सती–प्रथा हिन्दु समाजमा  नैतिक कानुन जस्तै हुँदै आयो ।
साभार :newssewa

No comments:

Post a Comment